टेक बहादुर थापा/अछाम: मंगलसेन नगरपालिका भित्रका मावि विद्यालयका विद्यार्थीहरुबिच नगरस्तरीय वतृत्वकला प्रतियोगिता मंगलसेनमा सम्पन्न भएको छ ।
राष्ट्रिय शिक्षा दिवस, बाल दिवस तथा संविधान दिवसको अवसरमा आज मंगलसेनमा आयोजित प्रतियोगितामा मंगलसेन नगरपालिका भित्रका ११ वटा माद्यामिक विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।
मंगलसेन नगरपालिकाको आयोजना तथा कोयका, गुड नेबर्स, वाक नेपाल र युएनएफपीएको सहयोगमा कार्यक्रम गरिएको हो । सहभागी विद्यार्थीले साईबर सुरक्षा र बालअधिकार संरक्षण र बालअधिकार हनन्का घटना न्युनिकरणका उपायका विषयमा आ–आफ्नो तर्कसहितका भनाई राखेका थिए ।
प्रतियोगितामा सोडसा मावी मंगलसेनका विक्रम रावल प्रथम हुन सफल भएका छन् । यस्तै कालिका मावीका आयुश भण्डारी द्धितिय, गंगा मावीका महेन्द्र भण्डारी तृतीय तथा पार्वती मावीका रीजन रावल शान्त्वना भएका छन् ।
उनीहरुलाई नगद र सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष तथा वडा नम्बर ३ का वडाध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख संगीता रावल सोडारी रहनु भएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नगर उपप्रमुख सोडारीले अहिलेका बालबालिका र किशोरीकिशोरीहरुमा ज्ञानको अथाह भण्डार रहेको भन्दै यसको सकारात्मक प्रयोग गर्न सके उनीहरुको भविश्य उज्वल हुनेमा सहयोग पुग्ने बताउनुभयो ।
नगरक्षेत्र भित्रका विद्यार्थी, बालबालिका, किशोरकिशोरी, युवाहरुको सवालमा उनीहरुलाई प्रोत्साहित गर्न नगरपालिकाले यस्ता विभिन्न गतिविधि गर्दै आएको भन्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमको सक्रियता र प्रभावकारिताले थप निरन्तरता पाउने बताउनुभयो ।
कार्यक्रममा अतिथि वडा नम्बर ५ का वडाध्यक्ष झंकर प्रसाद भाट, वडा नम्बर ४ का वडाध्यक्ष नामसीं धामी लगायत रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले सूचना र प्रविधिको तिव्र विकाससंगै विद्युतिय सामग्री र इन्टरनेटमा बालबालिकाको पहुँच सहज भएपनि यसका नकारात्मक पक्ष पनि रहेको भन्दै सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्र प्रसाद ढुंगाना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मञ्जु महत, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिीती रहेको थियो ।
यस्तै कार्यक्रम मार्फत् गत वर्षको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी र खेलकुद प्रशिक्षकलाई पनि सम्मान गरिएको छ ।
२०८२ सालको नगरस्तरीय आधारभूत तहको वार्षिक परिक्षा र एसईईमा उत्कृत नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि नगरसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन नगरपालिकाको युवा तथा खेलकुद शाखा प्रमुख दिपक भण्डारीले गर्नुभएको थियो ।














प्रतिक्रिया