मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका सबै वडामा रास्वपाकाे वडा भेला हुने

मंगलसेनका सबै वडामा रास्वपाकाे वडा भेला हुने


पुजा शाही, अछाम / मंगलसेन नगरपालिकाका सबै वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा भेला हुने भएका छन् । रास्वपा मंगलसेन नगर समितिले यही असोज २५ गतेदेखि कात्तिक ९ गतेसम्म नगरपालिकाका सबै वडामा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सोमबार मंगलसेनमा बसेको नगर समितिको बैठक तथा छलफल कार्यक्रममार्फत् संगठन विस्तारको काम वडाबाट सुरु गर्ने निर्णय गरिएको छ । नगर सभापती राजेशबाबु बोगटीको सभापतित्वमा बसेको बैठकले वडा भेलाका लागि मिति र स्थान समेत तय गरेको छ ।

जस अनुसार यही असोज २५ गते नगरपालिकाको वडा नम्बर ३ बाट सुरु भएको संगठन विस्तार र सुदृढीकरणको अभियान कात्तिक ९ गते वडा नम्बर ९ र १० को जुपुमा गएर समापन हुनेछ । कार्यसूची अनुसार असोज २६ गते वडा नम्बर ४, २७ गते वडा नम्बर ५, २८ गते वडा नम्बर १३ को बस्ती, २९ गते वडा नम्बर १३ कै बाडा र ३० गते वडा नम्बर १ र २ मा वडा भेला हुनेछ ।

यसैगरी आगामी कात्तिक ५ गते वडा नम्बर ८ र ९, कात्तिक ६ गते वडा नम्बर ६ र ७, कात्तिक ७ गते वडा नम्बर १४ कालागाउँ र कात्तिक ८ गते वडा नम्बर १२ बान्नातोलीमा वडा भेला तथा शुभकामना आदान कार्यक्रम गर्ने कार्यक्रम निर्धारण गरिएको रास्वपा नगर समितिले जानकारी दिएको छ ।

निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तहको निर्माचन गर्ने तयारी गरेको छ । सोही अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टी मंगलसेन पनि दशैतिहारको मुखमा संगठन निर्माण, विस्तार र सुदृढिकरणमा सक्रिय देखिएको हो ।