मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका युवा, रोजगारी र विकासका मुद्दा उठाउँदै महाधिवेशन प्रतिनिधिमा निराजन शाहीको सशक्त दाबी

अछामका युवा, रोजगारी र विकासका मुद्दा उठाउँदै महाधिवेशन प्रतिनिधिमा निराजन शाहीको सशक्त दाबी

अछाम–२ बाट ३५ वर्षमुनिको समूहमा महाधिवेशन प्रतिनिधि बन्ने दौडमा निराजन शाही


अछाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै अछाममा महाधिबेशनका लागि युवा नेतृत्वको सहभागिताबारे चर्चा बढेको छ। यही क्रममा अछाम निर्वाचन क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको उमेर समूहमा निराजन बहादुर शाहीले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सार्नुभएको छ।

पञ्चदेवल विनायक नगरपालिका–५, लयाटी अछाम निवासी शाहीले नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो यात्रा प्रारम्भ गर्नुभयो । उहाँले जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौंको इकाइ सभापती भएर काम गर्नुभयो । विद्यार्थी राजनीतिबाट संगठन, नेतृत्व र सामाजिक सरोकारका विषयमा अनुभव हासिल गर्दै शाहीले गैरसरकारी तथा सामाजिक क्षेत्रमा समेत आफ्नो सक्रियता विस्तार गर्नुभएको छ।

व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका शाही गैरसरकारी संस्थामा नेतृत्व तथा कार्यकारी भूमिकामा रहेर काम गरेको अनुभवलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिनुहुन्छ। विशेषगरी अछामका युवालाई रोजगारी तथा अवसरसँग जोड्ने कार्यमा आफूले भूमिका निर्वाह गरेको उहाँको भनाइ छ।

सामाजिक संस्थामार्फत समुदायको विकास र सेवामा समेत संलग्न रहँदै आएका शाहीले अब आफ्नो अनुभवलाई राजनीतिक प्रतिनिधित्वसँग जोडेर अछामका विकासका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने योजना अघि सार्नुभएको छ।

शिक्षा, स्वास्थ्यदेखि रोजगारीसम्मको एजेन्डा

शाहीले अछामको समग्र विकासलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ। उहाँका अनुसार गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, युवाका लागि रोजगारी तथा अवसर सिर्जना, कृषि तथा उद्यमशीलता, स्थानीय पूर्वाधार, सुशासन र सामाजिक न्याय अछामका प्रमुख प्राथमिकताका विषय हुन्।

स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै युवालाई रोजगारीसँग जोड्ने, उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि पहल गर्ने उहाँको योजना छ।

शाहीको जोड अछामको विकासका विषयलाई पार्टीको आन्तरिक राजनीतिसँग मात्र सीमित नराखी सरकार, राजनीतिक नेतृत्व, निजी क्षेत्र, समुदाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय र सहकार्यमार्फत अघि बढाउनेमा छ।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग समन्वय र सहकार्यलाई थप विस्तार गर्दै अछामका विकासका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने आफ्नो योजना रहेको शाही बताउनुहुन्छ।

युवा पुस्ताको ऊर्जा, नयाँ सोच र आफ्नो विगतको संगठनात्मक तथा सामाजिक अनुभवलाई एक ठाउँमा जोडेर काम गर्ने उहाँको भनाइ छ। अनुभव, शिक्षा र नेतृत्वलाई जनसेवासँग जोड्दै समृद्ध र अवसरयुक्त समाज निर्माणतर्फ अघि बढ्ने मेरो प्रतिबद्धता हो” शाहीको भनाइ छ।

नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा, सामाजिक क्षेत्रको अनुभव तथा गैरसरकारी संस्थामा कार्यकारी जिम्मेवारी सम्हालेको अनुभवलाई अब पार्टीको प्रतिनिधिमूलक भूमिकासँग जोड्ने प्रयासमा शाही हुनुहुन्छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हाल वडा तथा स्थानीय तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ।

अछामका ९१ वटै वडामा वडा, १० वटै पालिकाका अधिवेशन सम्पन्न भइसकेका छन् भने क्षेत्रिय अधिवेशन असोज १० गते गर्ने तयारी रहेको रहेको कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहले बताउनुभयो ।