अछाम । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित बयालपाटा प्रादेशिक अस्पतालले हाडजोर्नीको बिशेषज्ञ उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । अस्पतालले बिहिबार एकै दिन पाँच जना बिरामीको जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
अस्पतालका अनुसार शल्यक्रिया गरिएका बिरामीहरूमा दुई जना बालक, दुई जना बयष्क र एकजना बृद्ध रहेका शल्यक्रियाको नेतृत्व गरेका अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. बिश्वबन्धु निरौलाले बताए ।
डा. निरौलाका अनुसार बिहिबार सम्पन्न भएका ५ वटा शल्यक्रियाहरूमध्ये डोटी घर भएका ६० बर्षिय काले साँउदको शल्यक्रिया बिशेष रहेको छ ।
डोटी जिल्ला पूर्वीचौकी ७ डोटीका ६० बर्षिय काले साँउद ’कलर बोन’ (ऋबिखष्अभि) भाँचिएपछि जिल्ला अस्पताल डोटी गए । त्यहाँबाट उनलाई रेफर गरेपछि १० दिने पहिले बयालपाटा प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालमा उपचारको क्रममा साँउदलाई हाडजोर्नी बिशेषज्ञ डा. निरौलाले कलर बोनको हड्डी शल्यक्रिया नर्गदा पनि आफै जोडिने भएकाले शल्यक्रिया नगर्न सुझाब दिएका थिए ।
तर, चाँडै निको भएर आफ्नो नियमित काममा फर्किने इच्छा र आत्मविश्वासका साथ साँउदले आफैँ शल्यक्रिया रोजेका थिए । साँउदको आग्रहमा डा. निरौलाको टिमले उनको सफल शल्यक्रिया गरेको छ । साँउदको उक्त निर्णयले उमेर भन्दा पनि कामप्रतिको सक्रियता र आधुनिक उपचार पद्धतिमाथिको विश्वासलाई झल्काउँछ डा. निरौलाले भने ।
बिहिबार नै डोटी जिल्लाको दिपायल सिलगढी ५ डोटीका ७ वर्षिय आयुश्मा भण्डारी र बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ६ का ४ बर्षिय शालिन नेपालीको पनि सफल शल्यक्रिया भएको छ ।
उनिहरु दुबै जनाको पाखुराको तल्लो भागको हड्डी (क्गउचबअयलमथबिच ज्गmभचगक) भाँचिएको थियो । ति दुबै जना बालकहरुको पाखुरामा रड ९प् ध्ष्चभ० राखेर सफल शल्यक्रिया गरिएको अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. बिश्वबन्धु निरौलाले बताए । उनिहरु दुबै जना बिहिबार नै घर फर्किएका छन् ।
आयुशमा ३ दिने पहिले पाखुराको तल्लो भागको हड्डी भाँचिएर जिल्ला अस्पताल डोटी पुगेका थिए । उनलाई त्यहाँबाट रिफर गरेपछि उनि बयालपाटा प्रादेशिक अस्पताल अछाम आएपछि यहाँ शल्यक्रिया मार्फत उपचार भएको हो । शालिन नेपाली भने सिधैँ उपचारको लागि बयालपाटा अस्पताल आईपुगेका थिए ।
यस्तै शल्यक्रिया हुने अरु २ जनामा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का २१ वर्षीय बिशाल खत्री र बुढीगंगा नगरपालिका वडा नं. ९ बाजुराका ४७ वर्षीय एक जना बिरामी रहेका छन् । उनिहरुमध्ये खत्रीको दायाँ खुट्टाको नलिहड्डी (म्ष्कतब ित्ष्दष्ब) भाँचिएको थियो भने ४७ बर्षिय अर्का एक जना पुरुषको हातको नाडीको हड्डी (म्ष्कतब िच्बमष्गक) भाँचिएको थियो ।
खत्रीको ३ दिन पहिले धाराबाट पानी लिएर घर जाने बेलामा खुट्टामा ठेस लागेर दायाँ खुट्टाको नलीहड्डी भाँचिएको थियो । उनि उपचारको लागि जिल्ला अस्पताल डोटी गएका थिए । त्यहाँ उनको एक्सरे हुदाँ हड्डी भाँचिएको छ अप्रेशन गर्नुपर्छ तपाई बयालपाटा जानु भने पछि खत्री यहाँ आएका थिए ।
शल्यक्रिया भएपछि खुशी हुदैँ खत्रीले भने बयालपाटा नभएको भए मैले धनगढी जानुपर्ने थियो, खर्च पनि धेरै हुन्थ्यो, अहिले नजिकै र सहज तरिका अप्रेशन भएको छ । पहिलो पटक आफु बयालपाटा आएको यहाँको सेवा एकदमै राम्रो लाग्यो खत्रीले भने ।
यस्तै बाजुराका ४७ बर्षिय पुरुषको घरको छानोमा ढुंगा मिलाउन खोज्दा लडेर नाडीको हड्डी भाँचिएपछि उनि सिधैँ बयालपाटा प्रादेशिक अस्पताल आएका थिए । उनको पनि बिहिबार नै सफल शल्यक्रिया भएको हो ।
हड्डी मात्र होइन, मुस्कान पनि जोड्दै बयालपाटा ।
बयालपाटा प्रादेशिक अस्पतालले यी उपचारहरूलाई केवल प्राविधिक शल्यक्रियाको रूपमा मात्र नभई एउटा परिवारको आशा र सामान्य जीवनमा फर्किने माध्यमको रूपमा लिएको छ । अस्पतालमा कार्यरत हाडजोर्नी बिशेषज्ञ डा. निरौलाका अनुसार “हामीले हड्डी मात्र जोडिरहेका छैनौँ, हरेक बिरामीको जीवनलाई फेरि चलायमान बनाउने प्रयत्न गरिरहेका छौँ । किनकि बिरामीको मुहारमा खुशी ल्याउन र उनिहरुको जीवन चलायमान बनाउनु हाम्रो पहिलो धर्म हो ।
५ जना बिरामीहरुको एकैदिन सफल शल्यक्रिया भएपछि बिरामी र तिनका आफन्तहरूको अनुहारमा खुसी छाएको छ । दुर्गम क्षेत्रमा असम्भव प्राय हुने ठुलठुला शल्यक्रिया बयालपाटाले सफल बनाईरहेको छ । दुर्गमबाट शहरमा लामो समय लगाएर जानु पर्ने बाध्यतालाई बयालपाटा प्रादेशिक अस्पतालले स्तरीय सेवा प्रदान गरेर यस क्षेत्रका नागरिकहरूको मन जित्दै आएको छ ।

























प्रतिक्रिया