काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १० ज्योति नगर, बालुवाखानी कपनमा “आफन्त केयर फार्मेसी” सञ्चालनमा आएको छ ।
कमलेस कुँवर र कृपा फोजु कुँवरद्वारा सञ्चालनमा ल्याइएको उक्त फार्मेसीको उद्घाटन पूर्व राजदूत बलबहादुर कुँवरले एक कार्यक्रमका बीच गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व राजदूत कुँवरले युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै व्यवसाय गरेर उदाहरण प्रस्तुत गर्नु सकारात्मक सन्देश भएको बताउनुभयो ।
युवाहरूले विदेश मात्र सम्भावना हो भन्ने सोच परिवर्तन गरेर स्वदेशमै केही गर्नु पर्ने पूर्व राजदुत कुँवरको भनाई रहेको छ ।
फार्मेसी सञ्चालिका कृपा फोजु कुँवरले स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले आफन्त केयर फार्मेसी सञ्चालनमा ल्याइएको बताउनुभयो ।
बिरामी र सेवाग्राहीलाई सहज, भरपर्दो र गुणस्तरीय सेवा दिने लक्ष्य राखेको कुँवरको भनाई रहेको छ ।
युवाहरू विदेशिने मात्र होइन, नेपालमै अवसर सिर्जना गर्नतर्फ लाग्नुपर्छ भन्ने मान्यता रहेको उहाँको भनाई रहेको छ ।
उहाँका अनुसार फार्मेसीमा विभिन्न रोगका गुणस्तरीय औषधिहरू, स्किन केयर छाला सम्बन्धी, स्वास्थ्य सम्बन्धी दैनिक उपभोग्य सामग्री तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ ।
उद्घाटन कार्यक्रममा पूर्व मन्त्री शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाको निर्वतमान नगर प्रमुख कुलबहादुर कुँवर पूर्व एआईजी कुवेर कडायत लगायतको सहभागिता रहेको थियो ।





















प्रतिक्रिया