भैरहवा- शनिबार साँझ पाल्पामा बास बसेको सलहको बथान आइतबार दिउँसो तीन तिर बाँडिएको छ। झयाङला स्मार्ट कृषि कार्यक्रमका संयोजक चोपलाल गिरीले सलहको बथान तीनतिर बाँडिएकाे बताए। उनले भने, ‘एउटा हुल तानसेनतिर गयो, अर्को हुल छहरा, कचल हुँदै पश्चिमतिर लागेको छ भने एक हुल गाउँकै ठूलापाटा, झयाङला, बगाह, खुरसाने क्षेत्रमा छ।’ गाउँतिर मकै पाक्न थालेको छ भने…