मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकोप्टर मार्फत उद्धार गरिएकी अछामकी सुत्केरीले कोरोना जितिन

हेलिकोप्टर मार्फत उद्धार गरिएकी अछामकी सुत्केरीले कोरोना जितिन



अछाम
 – अछामकी एक सुत्केरी महिलाले कारोना जितेकि छिन । हेलिकोप्टरबाट उद्दार गरेर नेपालगञ्ज पुगाईएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी हुन ।

आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो । कोरोना भएपछिको दुईटा परीक्षणमा सङ्क्रमण नदेखिएपछि सोही अस्पतालको सामान्य वार्डमा सारिएको थियो।

भारतबाट आएर जेठ १६ गतेदेखि वडामा रहेको क्वारेन्टाइनमा पतिसँगै ती महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । क्वारेन्टाइनमै रहेको बेलामा पेटमा समस्या आएपछि आठ महिनाकी गर्भवती वयालपाटा अस्पताल ल्याइएको थियो ।

वयालपाटा अस्पतालका चिकित्सकले पेटमा रहेको आन्द्रा थुनिएको भन्दै थप उपचारका लागि सुविधायुक्त अस्पतालमा रिफर गरेका थिए । गर्भवती महिलाको उद्धारमा सरकारद्धारा परिचालन गरिएको हेलिकोप्टरबाट निःशुल्क रुपमा उनलाई नेपालगञ्ज पु¥याइएको थियो ।