मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पादेखि तीनतिर बाँडियो सलहकाे बथान

पाल्पादेखि तीनतिर बाँडियो सलहकाे बथान


भैरहवा- शनिबार साँझ पाल्पामा बास बसेको सलहको बथान आइतबार दिउँसो तीन तिर बाँडिएको छ। झयाङला स्मार्ट कृषि कार्यक्रमका संयोजक चोपलाल गिरीले  सलहको बथान तीनतिर बाँडिएकाे बताए।

उनले भने, ‘एउटा हुल तानसेनतिर गयो, अर्को हुल छहरा, कचल हुँदै पश्चिमतिर लागेको छ भने एक हुल गाउँकै ठूलापाटा, झयाङला, बगाह, खुरसाने क्षेत्रमा छ।’

गाउँतिर मकै पाक्न थालेको छ भने धान भर्खरै रोपेको अवस्था छ। सलहले मकै र धानमा खासै असर गरेको छैन।

सलह शनिबार एकैसाथ नेपाल प्रवेश गरेको थियो। प्रदेश ५ मा सलहको बथान बुटवल रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा देखिएको थियो।

प्रदेश ५ कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले प्रदेश ५ मा देखिएको सलह त्यति खतरनाक नदेखिएको बताइन्। उनले भनिन्, ‘अहिलेसम्म क्षति पुर्याएको छैन। सलह दिनभर उड्छ, साँझपख बस्छ।’ – नेपाल समय