मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबिरल बर्षाले छिपेखोला आसपासका घर जोखिममा

अबिरल बर्षाले छिपेखोला आसपासका घर जोखिममा


सरिता खड्का, अछाम ।

शनिबार साँझ देखि भईरहेको बर्षाले साँफेबगरको छिपेखोलाको पानिको बाहफ बढेर आएको छ । शनिबार देखि भएको अबिरल बर्षाका कारण पानी बढेर आएको हो ।

बर्षा सङै आएको बाढी छिपेखोला बजारमा पनि पसेको छ । जस्ले गर्दा यहाका घर पनि जोखिममा रहेका छन् । बर्षाले छिपेखोला पानि एक्कासी बढेपछि वारपार गर्न समेत कठिनाई भईरहेको छ । शनिबार साँझ देखि परिरेको पानि आईतबार बिहान सम्म रोकिएको छैन् ।

बर्षाले स्थानियले जम्मा गरेका गिट्टी र ढुंगा समेत बगाएको छ । वारी र पारी खोलाको छेउमा लगाईएका तरकारी बाली समेत खोलाले बगाएको स्थानियले दुखेसो पोखेका छन् ।

छिपेखोला बढेर बाढी आए जस्तै भएको स्थानीय राजु ओलीले बताए। जिल्लाका अन्य ठाँउमा पनि छिट्फ्ट पानि परेको बताईएको छ ।

यस्तै सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि बर्षा भईरहेको छ । जल तथा मौसम विभागले सुदूरपश्चिमका अधिकांश जिल्लामा बर्षा हुने जनाएको थियो ।