धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको हो। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४, स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए। उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको…