मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा झण्डै १९ सय कोरोना संक्रमित

सुदूरपश्चिममा झण्डै १९ सय कोरोना संक्रमित


धनगढी :  सुदूरपश्चिम प्रदेशमा शुक्रबार दुई सय १९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार आठ सय ८६ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

प्रदेशमा झण्डै १९ सय जना कोरोना संक्रमित मध्ये पाँचजनाको मृत्यु भईसकेको भएपनि एक सय जनालाई मात्र उपचारका लागि विभिन्न अस्पतालमा राखिएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कोरोना विशेष तोकिएको सेती लगायतका अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा एक सय जनाको उपचार भईरहेको छ।

जसमा सबैभन्दा बढि टीकापुर अस्पतालको आइसोलेसनमा ३२ जना, महाकाली अस्पतालको आइसोलेसनमा २२ जना, मालाखेती अस्पतालको आइसोलेसनमा २० जना, सेती प्रादेशिक अस्पताल र अछाम जिल्ला अस्पतालको आइसोलेसनमा १०÷१० जना, जिल्ला अस्पताल डोटीमा तीनजना, बझाङ, दार्चुला र बाजुरा जिल्ला अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ।

अन्यलाई भने स्थानीय तहको आइसोलेसनमा राखिएको दावी स्वास्थ्य निर्देशनालयले गरेको भएपनि अधिकांश संक्रमित होम आइसोलेसनमै बसेका छन्। अहिले सम्म पाँच सय ९९ कोरोना संक्रमित समान्य उपचारपछि घर फर्किएको निर्देशनालयले जनाएको छ।

सरकारले नयाँ मापदण्ड जारी गरेपछि उनीहरुको दोस्रो पटक कोरोना परीक्षण भने हुन सकेको छैन्। जसका कारण समुदाय स्तरमा संक्रमण फैलिने चिन्ता गरिएको छ। तर चिकित्सकहरुले भने संक्रमित व्यक्तिले १४ दिनपछि कोरोना अरुलाई सार्न नसक्ने बताउँदै आएका छन्। नयाँ मापदण्ड अनुसार लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालको आइसोलेसनमा राखिदै आएको छ। – दिनेश खबर