मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ जना कोरोना संक्रमित आइसोलेसनबाटै भागेपछि..

२४ जना कोरोना संक्रमित आइसोलेसनबाटै भागेपछि..


सुर्खेत- दैलेखमा २४ जना कोरोना संक्रमित आइसोलेसनबाट भागेका छन्। नौमुले गाउँपालिका १ स्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनको आइसोलेसनबाट कोरोना संक्रमित भागेको गाउँपालिका अध्यक्ष भदे बुढाले जानकारी दिए।

“आइसोलेसनमा धेरै समय बसालेको भनेर भागेका रहेछन्,” उनले भने, “अहिले भागेका सबैलाई पुनः आइसोलेसनमा फर्काउन लागेका छौं।” घर परिवार, राजनीतिक दल र सुरक्षाकर्मीको सहयोगमा भागेकाहरु सम्पर्कमा आएको र पुनः आइसोलेसनमै फर्काउने तयारी गरेको उनको भनाइ छ।

विद्यालयको आइसोलेसनमा १११ जना रहेको उनले बताए। “भारतबाट गाउँ फर्किएको दुई महिना भएको र खेतिपातीको समय आएकाले संक्रमितहरु घर जान माग गरिरहेका छन्,” उनले भने, “संक्रमितलाइ पुनः परीक्षण नगर्दा समस्या भएको हो।”

भागेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको १९ दिन पुगिसकेको छ।