मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा अस्पतालले पायो कोरोना परीक्षण गर्ने अनुमती

डडेल्धुरा अस्पतालले पायो कोरोना परीक्षण गर्ने अनुमती


धनगढी : सरकारले डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमती दिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमती दिएको हो।

सुदूरपश्चिममा धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधीबाट कोरोना परीक्षण भइरहेका बेला सरकारले अनुमती दिएको हो। डडेल्धुरा अस्पताललाई ह्युम्यानीटी फाउण्डेसनले कोरोना परीक्षणका लागि पीसीआर मेसिन हस्तान्तरण गरेको छ।

अस्पतालका अध्यक्ष करुणाकरण ओझाले अहिले मेसिन जडानको काम भईरहेको जानकारी दिए। उनले मेसिन जडान सकिएपछि छिट्टै कोरोना परीक्षणको काम थालिने बताए।

सुदूरपश्चिममा एउटा मात्र प्रयोगशाला हुँदा संकलित नमूना परीक्षणमा ढिलाई हुँदै आएको थियो। डडेल्धुरामा प्रयोगशाला सञ्चालन भए सहजता हुने अपेक्षा गरिएको छ।