काठमाडौं – आज विश्व हाँसो दिवस। हाँसो एक प्रकारको सकारात्मक अनि शक्तिशाली भाव हो। यो जो कोहीमा हुनु आवश्यक छ। यसले जीवनमा रस अनि आशा थप्दै जाने प्रेरणा दिन्छ। हाँसो मानिसको मनमा उब्जने भावना हो। कयौँ अध्ययनले हाँस्दा आयु बढ्नेसमेत बताएका छन्। नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावनाले नहाँस्ने मान्छे भन्दा बढी समयसम्म बाँचेको…