मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस मंगलसैन नगर समितीको प्रथम नगर सम्मेलन सम्पन्न

कांग्रेस मंगलसैन नगर समितीको प्रथम नगर सम्मेलन सम्पन्न


कांग्रेसका सबै तहका नेता कार्यकर्ताले जनचाहना अनुसार काम गर्नुपर्नेमा सहमहामन्त्री चलाउनको जोड

अछाम : नेपाली कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन मंगलसैनमा सम्पन्न भएको छ । नगर कार्यसमितिका कार्यबहाक सभापति हेमराज भण्डारी को सभापतित्वमा नगर सम्मेलन सम्पन्न भएको हो ।

नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सह महामन्त्री एवंम सम्मेलनका प्रमुख अतिथि अम्विका चलाउनेले जनताको हक र अधिकार प्राप्तिका लागि सदैव लडिरहेको एक मात्र पाटी नेपाली कांग्रेस भएको बताईन् ।

जनताको अधिकार प्राप्तिका लागि नेपाली कांग्रेसले राणा, राजा र निरंकुस्ताका बिरुद्ध लडाई लढेको उनको भनाई थियो ।नेपालि कांग्रेसका सबै तहका नेता कार्यकर्ताले जनताको पक्षमा जनचाहना अनुसार काम गर्नुपर्नेमा नेतृ चलाउनको जोड थियो ।

कार्यक्रममा कार्यबहाक जिल्ला सभापति नयाँराम बजगाई, प्रदेश कार्यसमिति सदस्य बेद प्रकाश तिमिल्सैना विशिष्ट अतिथि रहेका थिए ।

महासमिति सदस्य बलबहादुर कुवर, पदमरज अधिकारी, जिल्ला सचिव टक्कर शाह, महाधिवेशन प्रतिनिधि नमबहादुर शाही, क्षेत्रीय सभापति पुष्पराज शर्मा, पुर्णा शाह, जिल्ला कार्यसमिति सदस्य एवंम नगर संयोजक जनकराज भण्डारी, प्रेमबहादुर रावत, मिना ढुंगाना, प्रदेश उप सभापति रामचन्द्र ढुंगाना, प्रदेश प्रतिनिधि हरिप्रसाद ढुंगाना, भोजराज भाट, नेविसंघका केन्द्रीय सदस्य बम स्वार, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शुशिल भण्डारी लगायतको सहभागिता रहेको थियो ।

गरिएको थियो । नगर सचिव मिलन रावलले संचालन गरेको नगर सम्मेलनमा निर्वाचित वडा अध्यक्ष, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, नगरकार्य समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियोे भने कार्यक्रममा स्वागत मन्तव्य नगर सहसचिव रामप्रसाद भाटले राखेका थिए ।