मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सुविधामा पुछारमा सुदूरपश्चिम प्रदेश

स्वास्थ्य सुविधामा पुछारमा सुदूरपश्चिम प्रदेश


काठमाडौं-  स्वास्थ्य सेवामा सवैभन्दा पछि परेको प्रदेश सुदूरपश्चिम देखिएको छ। स्वास्थ्य मन्त्रालयको जारी गरेको वार्षिक समिक्षामा प्रस्तुत ‘नेपाल हेल्थ फ्याक्ट सीट २०२३’ले उक्त अवस्था देखाएको हो।

६ प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज सञ्चालनमा छन्। कर्णालीमा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित छ। तर,  सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन। बहुप्रतिक्षित गेटा मेडिकल कलेजसमेत संघीय सरकारको अरुचिका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ। 

१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।

सार्वजनिक अस्पताल सुदूरपश्चिममा जम्मा १८ वटा रहेका छन्। जबकी कर्णालीमा २८ र बागमतीमा ५४ रहेको तथ्यांकमा देखिएको छ। 

कहाँ कति स्वास्थ्य संस्था?

जनरल अस्पताल (१०० देखि ३०० बेड)
कोशी ११
मधेश १६
बागमती २६
गण्डकी ९
लुम्बिनी १२
कर्णाली ३
सुदूरपश्चिम २

शिक्षण अस्पताल 
सुदूरपश्चिम ०
कर्णाली १
लुम्बिनी ६
गण्डकी ३
बागमती १३
मधेश ३ 
कोशी ३ 

सार्वजनिक अस्पताल 
सुदूरपश्चिम १८
कर्णाली २८ 
लुम्बिनी २८
गण्डकी २३
बागमती ५४
मधेश १८
कोशी ४६

प्राथमिक स्वास्थ्य केन्द्र
कोशी ३३
मधेश ३२ 
बागमती ४०
गण्डकी २५
लुम्बिनी २९ 
कर्णाली १३
सुदूरपश्चिम १५

स्वास्थ्य चौकी
सुदूरपश्चिम ३७६
कर्णाली ३३२
लुम्बिनी ५६८
गण्डकी ४८७
बागमती ६४३
मधेश ७४०
कोशी ६३२

निजी अस्पताल
सुदूरपश्चिम ८२
कर्णाली ७५
गण्डकी १५७
बागमती १५३६
मधेश २५०
कोशी २१६

आधारभूत अस्पताल (५ देखि १५ बेड)
कोशी ८१
मधेश २७
बागमती ६३
गण्डकी १६
लुम्बिनी २५
कर्णाली १७
सुदूरपश्चिम १७

जनरल अस्पताल (२५ देखि ५० बेड)
कोशी ४१
मधेश ५५
बागमती ७९
गण्डकी ६६
लुम्बिनी ५७
कर्णाली १६
सुदूरपश्चिम १९