अछाम : नेपाली कांग्रेस अछामले १३ जनालाई जिल्ला कार्यसमितीको आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।
पार्टीमा क्रियाशिल भएर काम गरिरहेको भन्दै युवा नेता राजेश बोगटी सहित १३ जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।
जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाको प्रथम नगर सम्मेलनमा उनिहरुलाई कार्यबाहक जिल्ला सभापती नयाँराम बजगाँईले मनोनित गरे ।
मनोनित हुनेमा राजेश बोगटी सहित रोहिना भण्डारी ,गणेश रावल, बहदुर सिंह विस्ट, लालबहादुर विष्ट, नाम सिह धामी, टेकराज नाथ, नरबहादुर भण्डारी, भुमिराज भण्डारी, भुमिनन्द ढुंगाना, कम्मान नर्गाजी, चन्द्र विक जैगढी, टेकबहादुर शाह रहेका छन् ।
मनोनित सबैलाई कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री अम्बिका चलाउने सहितका नेता कार्यकर्ताले खादा र अबिरले सम्मान समेत गरेका थिए ।




प्रतिक्रिया