मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक अभावले ८ महिनादेखि मृत्यु संग लड्दै क्यान्सर पिडित कडायत

आर्थिक अभावले ८ महिनादेखि मृत्यु संग लड्दै क्यान्सर पिडित कडायत


पूर्ण बहादुर खड्का, अछाम : अछामको साँफेबगर नगरपालिका एक बिरामीको आर्थिक अभावका कारण उपचार पाउन कठिनाई भएको छ । वडा नं. १२ खप्तडका मिन बहादुर कडायतको बिगत ८ महिना देखि आर्थिक अभावका कारण उचार हुन सकेको छैन् ।

मुखको दाँया गालामा क्यान्सर भएपछि उनलाई थप उपचारका लागि बाहिर लैजान पैसा नभएका कारण उपचारमा कठिनाई भएको हो । क्यान्सर रोगले ग्रसित कडायतले उपचारमा सहयोग गरिदिन आफन्तलाई हार गुहार गरेका छन् ।

अछामको साँफेबगर १२ खप्तड घर भएपनि उनि भारतको दिल्लीमा काम गर्दै गुजारा चलाईरहेका थिए । सुरुमा होटल र पछि गाडी चलाउदैँ उनले आफ्नो गुजारा चलाउदै आईरहेका थिए ।

भारतमा काम गर्ने बेला उनलाई सुरुमा जण्डिस भएको थियो । बिस्तारै जण्डिले मुख पाक्न थाल्यो र मुखको दाँया गालामा घाँउ बल्झिदैँ बढेर ठुलो भएको उनले बताए । घाँउ ठुलो भएर उनको गालामा प्वाल परेको छ ।

बिरामी भएपछि उनले आफुसंग भएको १ लाख ५० हजारले दिल्लीमा उपचार गरेपनि घाँउ निको नभएपछि उनि नेपाल फर्केका हुन् । दिल्लीमा एक दुई पटक किमोथेरापि गरेर पछि पैसा सकियो कडायतले भने त्यसपछि अस्पतालमा उपचार गर्न सकिँन् ।

एक हप्ता अगाडी बयालपाटा असपताल आएका उनलाई अस्पतालले भरतपुर क्यान्सर अस्पताल चितवन जान भनेको छ । तर उनि आर्थिक अभावका कारण जान सक्ने अवस्थामा छैनन् ।

म संग एक सुक्का पैसा पनि छैन कडायतले भने मैले कसरी उपचार गर्ने भन्दै दुखेसो पोखेका छन् । आफु संग जम्मा भएको पैसा आमाको उपचारमा समेत साढे ३ लाख खर्च भएको उनले बताए । आमा लाई पनि क्यान्सर नै भएपनि अहिले ठिक भयो तर मलाई बल्झियो उनले भने ।

कडायतका आमा बुवा, ३ छोराछोरी र श्रीमती छन् ।