मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर १८ गते हुने कांग्रेस अछामको जिल्ला सम्मेलनको उद्घाटन महामन्त्री शर्माले गर्ने

मंसिर १८ गते हुने कांग्रेस अछामको जिल्ला सम्मेलनको उद्घाटन महामन्त्री शर्माले गर्ने


अछाम : नेपाली कांग्रेस अछामले जिल्ला सम्मेलन गर्ने भएको छ । यहि मंसिर १८ गते जिल्ला सम्मेलन गर्ने निर्णय भएको कांग्रेस अछामले जनाएको छ ।

जिल्ला सदरमुकाम मंगलसैनमा भएको कांग्रेस अछामको १६ औँ पूर्ण बैठकले कांग्रेस अछामको जिल्ला सम्मेलनमा प्रमुख अथितिका रुपमा कांग्रेस महामन्त्री बिश्व प्रकाश शर्मालाई आमन्त्रण गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त निर्णय गरेको कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले बताए । बैठकले सम्मेलनको तयारीका लागि बिभिन्न उपसमिती समेत गठन गर्ने निर्णय गरेको छ ।