मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको उपसभापतीमा महासमिती सदस्य अर्जुन ताम्राकार मनोनित

कांग्रेस अछामको उपसभापतीमा महासमिती सदस्य अर्जुन ताम्राकार मनोनित


अछाम : नेपाली कांग्रेस जिल्ला कार्य समिती अछाममा रिक्त रहेको उपसभापती पदमा कांग्रेस महासमिती सदस्य अर्जुन ताम्राकार मनोनित भएका छन् ।

जिल्ला सदरमुकाम मंगलसैनमा भएको कांग्रेस अछामको १६ औँ पूर्ण बैठकले कांग्रेस अछामका नेता महासमिती सदस्य अर्जुन ताम्राकारलाई उपसभापती पदमा मनोनति गर्ने निर्णय गरेको हो ।

जिल्ला पार्टी सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले बताए । बैठकले थप बिभिन्न निर्णय समेत गरेको छ ।

को हुन् उपसभापतीमा मनोनित कांग्रेस नेता अर्जुन ताम्राकार ?

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जनआन्दोलन बिद्यार्थी हुदाँ नेविसंघबाट राजनितिक यात्रा प्रारम्भ गरेका नेता हुन् अर्जुन ताम्राकार । २०४६ सालमै टिकापुरमा कांग्रेस नेता रामसमच चौधरीबाट नेविसंघको सदस्यता प्राप्त गरेका नेता ताम्राकारले नेबिसंघ ईकाईको सभापती भएर काम गरे । तत्कालिन समयमा टिकापुरमा कजेल नहुदाँ उनि अछाम फर्केर जनता बहुमुखी क्याम्पसमा पढाई सुरु गरे ।

अछाम आईसकेपछि नेपाली कांग्रेसमा आवद्ध भएर काम गरेका उनि २०४९ सालमा नेपाली कांग्रेस चण्डीकाको गाँउ ईकाईको सचिव भए । २०५३ सालमा नेपाल किसान संघको सचिव हुदैँ २०५६ सालमा नेपाली कांग्रेस अछामको जिल्ला सदस्य भए । २०५६ साल देखि नै २०६२ सम्म नेपाल दलित संघ अछामको सभापती पनि भए । २०६/६३ को जनआन्देलनमा अछाममा नेपाली कांग्रेस भित्र रहेका दलितहरु मध्येबाट उनि मात्रै अछामको हिरासतमा बसेको थिए अरु क्षेत्रबाट २२ जना नेताहरु थिए । दलित समुदायको तर्फबाट हिरासतमा पर्ने उनि एक्लो व्यक्ती थिए ।

२०६६ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य मनोनित भएका नेता ताम्राकार नेपाली कांग्रेसको १२ आँै महाधिबेशनमा अछामबाट केन्द्रिय महाधिबेशन प्रतिनिधी निर्वाचित भएका थिए भने १४ औँ महाधिबेशनबाट उनि महासमिति सदस्यमा निर्वाचित भएका थिए