काठमाडौं- लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठकले ७३ दिनदेखि जारी लकडाउन खुकुलो बनाउने विषयमा निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए। उनका अनुसार विज्ञहरुको सुझावअनुसार लकडाउन कसरी खुकुलो र व्यस्थित बनाउने भन्ने विषयमा बैठक…