मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठकमा डा.भीम रावल पनि सहभागी, एमसिसी बारे निर्णय हुन सकेन

नेकपा सचिवालय बैठकमा डा.भीम रावल पनि सहभागी, एमसिसी बारे निर्णय हुन सकेन


नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा सचिवाल सदस्य नरहेका भीम रावलसहित खतिवडा र ज्ञवालीसमेत आमन्त्रित रहेको बताए । उनका अनुसार एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल केन्द्रीत रहेको थियो । रावल र ज्ञवाली नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् ।

गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्यन गर्न कार्यदल गठन भएको थियो । सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो  । यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो ।

तर सो कार्यदलको सुझाव र पार्टीभित्र विवाद नै जारी रहेको अवस्थामा सरकारले बजेटमै एमसीसी घुसाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि नेकपाभित्र हलचल मच्चिएको छ ।

अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए । बजेटमा एमसीसी घुसाइएपछि नेकपाभित्र थप विवाद बढ्ने देखिएको सन्दर्भमा सचिवालय बैठक बसेपनी यो बारे निर्णय नभएको सचिवालय श्रोतले जानकारी दिएको छ् ।