मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनको मोडालिटी परिवर्तनबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको मोडालिटी परिवर्तनबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं- लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

बैठकले ७३ दिनदेखि जारी लकडाउन खुकुलो बनाउने विषयमा निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए। उनका अनुसार विज्ञहरुको सुझावअनुसार लकडाउन कसरी खुकुलो र व्यस्थित बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श गरेका थिए। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो। सो समितिले आफ्नो रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएको छ।

सर्वसाधारण र व्यवसायीले लकडाउन अति लामो भएको भन्दै यसको प्रतिकार गर्न थालेपछि सरकार लकडाउन खुकुलो बनाउँदै यसको मोडालिटी परिवर्तन गर्ने तयारीमा जुटेको नेपाल समयमा खबर छ ।