मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा. रावलले पठाए अछामका लागि १५ हजार थान सर्जिकल मास्क

नेकपा नेता डा. रावलले पठाए अछामका लागि १५ हजार थान सर्जिकल मास्क


कमल रावल, अछाम

पूर्व उपप्रधान, रक्षा, गृह मन्त्री डाक्टर भिम बहादुर रावलले अछाम जिल्लाका लागि १५ हजार थान सर्जिकल मास्क पठाउनु भएको छ । नेता डा. रावलले जिल्ला अस्पताल अछाम, बयलपाटा अस्पताल, जिल्ला प्रशासन कार्यालय अछाम र अछामका संञ्चारकर्मिका लागि १ हजार थान वितरण हुने गरि मास्क ब्यक्तिगत पहल तथा सहयोगमा पठाईएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा अछाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका नेता रावलले कोरोना भाईरसको महामारीको समयमा अग्रमोर्चामा खटेर काम गर्ने संञ्चारकर्मिका लागि १ हजार थान सर्जिकल मास्क पठाउनु भएको हो ।

प्रेस संगठन नेपाल जिल्ला शाखा अछामले वितरण गर्ने गरि काठमाण्डौँबाट अछामा मास्क पठाईएको प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एकिन्द्र कुवरले बताए।

अहिले तत्काल मास्क पठाईएको र आगामि दिनमा सेनिटाईजर, प्रेस ज्याकेट लगाएतका सामाग्री समेत पठाईने उनले बताए। प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामलाई सबै मास्क प्राप्त भईसकेकाले केही दिनमा वितरण गरिने प्रेस संगठन अछामका सहसंयोजक कृष्ण बहादुर बुढाले जानकारी दिए ।

यसअघि डाक्टर रावलले बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनका लागि ५०/५० थान व्यक्तिगत सुरक्षाको सामाग्री पिपिई प्रदान गर्नु भएको थियो ।