कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउने गरेको पाइएको छ। जर्मनीका शोधकर्ताले यस्तो दाबी गरेका हुन्। जर्मनीको हेनोवरस्थित युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिनले जर्मन सेनासँगको सहकार्यमा उक्त शोध गरेको थियो। एक साताको तालिमपछि स्नाइफर जातका ८ वटा कुकुरले कोरोना संक्रमण भएका र नभएका मानिस छुट्याएको पाइएको छ। यो शोधमा ९४ प्रतिशत सफलता मिलेको शोधकर्ताहरुको दाबी छ। विमानस्थल,…