मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सफल बन्न चाहनेहरुका लागि महत्वपूर्ण जानकारी

सफल बन्न चाहनेहरुका लागि महत्वपूर्ण जानकारी


शिव खेडा प्रख्यात प्रेरक वक्ता, लेखक तथा अधिकारवादी हुन् । उनले लेखेको पुस्तक ‘यु क्यान विन’ २१ भन्दा बढी भाषामा अनुवाद भएको छ र ८ मिलियन भन्दा बढी बिक्रि भएको छ । उनको जन्म सन् १९४९ नोभेम्बर १३ मा भारतको झारखण्डमा भएको थियो ।

सफलताको लागि शिव खेडाका टिप्स

धेरैजसोको बानी सधै अरुको तथा अरुले गरेका कामको नकारात्मक आलोचना गर्ने मात्र हुन्छ । यस्ता व्यक्तिले न त आफूले प्रगति गर्छन्, न त अरुलाई अगाडी बढ्नको लागि सहयोग गर्छन् । तिमी त्यो कुरासंग सम्बन्धित नै छैनौ र यदि छौ भने त्यसलाई राम्रो बनाउनको लागि आफूले केही गरेको छैनौ भने तिमीलाई नकारात्मक आलोचना गर्ने अधिकार हुँदैन । त्यसैले अरुको नकारात्मक आलोचना गर्न छोडेर आफूले आफ्नो काम राम्रो बनाउनको लागि मेहनत गर, अरुको सक्दो सहयोग गर ।

बाँच्न त हरेक प्राणी बाँचिरहेको हुन्छ, तर तिमी केका लागि बाँचिरहेका छौ ? तिम्रो जीवनको उद्देश्य के ? यो कुराले सबैभन्दा बढी महत्व राख्छ । आफ्नो जीवनको एउटा उद्देश्य बनाऊ । जब, तिमी आफ्नो त्यो उद्देश्यका लागि बाँचेको छु भन्ने मनमा लिन्छौ, जतिसुकै अप्ठ्यारो परिस्थिति आओस्, तिमीले आफ्नो त्यो उद्देश्य पूरा गरेरै छोड्छौ ।

सफल हुन चाहन्छौ भने, सामान्य भन्दा बढी मेहनत गर । ‘ मैले यति पाएको छु भने, मैले यो भन्दा बढी किन गर्ने’ भन्ने भावना त्याग । जुनसुकै कुरामा पनि उत्कृष्ट बन्नको सामान्यभन्दा बढी लगनशील बन्नैपर्छ, थोरै भएपनि केही बढी मेहनत गर्नैपर्छ ।

आफ्नो लक्ष्यमा पूर्ण रुपले केन्द्रित बन । आफ्ना योजना तथा लक्ष्यहरुलाई लेख्ने गर । आफूले गरिरहेको कामको र पाइरहेको नतिजाको मूल्यांकन गर । आफ्ना योजना पूरा भइरहेका छन् कि छैनन्, लक्ष्यको नजिक पुगिएको छ कि छैन, आजको कामले प्रभावकारी नतिजा दिएको छ या छैन मूल्यांकन गर । यदि छैन भने, आफूले अहिले गरिरहेको काम परिवर्तन गर्नुपर्ने हो या यही काममा केही फरकपन ल्याउनुपर्ने हो, . विचार गर ।

आफ्ना साथीहरु कस्ता छन् ? संगत कस्तो छ ? राम्रोसंग हेर । तिम्रो जीवनमा तिमीले गर्ने मानिसहरुको संगतले धेरै ठूलो भूमिका खेल्छ । त्यसैले सकारात्मक सोंच भएका, हौसला दिने, काममा अगाडी बढ्न सहयोग गर्ने मानिसहरुको संगत गर । नकारात्मक सोंच भएका मानिस देखि सधै टाढा बस ।

घमण्ड नगर । सबैकुरा जानेको व्यक्ति कोही पनि हुँदैन । हरेक दिन केही नयाँ कुरा सिक्ने प्रयास गर । सुन्दर आवरणमा होइन सुन्दर चरित्रमा जोड देऊ । सफलता भनेको पैसा र प्रसिद्धि मात्र होइन भन्ने कुरालाई ध्यानमा राख ।