मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सफलताका लागि जान्नैपर्ने केहि टिप्सहरु

सफलताका लागि जान्नैपर्ने केहि टिप्सहरु


एलन मस्क टेज्ल र स्पेस एक्स कम्पनीका सीइओ हुन् । फोर्ब्स म्यागजिनका अनुसार, विश्वकै उत्कृष्ट तथा शक्तिशाली सीइओ मध्ये पर्ने उनी ४६ वर्षका भए । उनी भन्दा तल्लो तहमा रहेर ४० हजार भन्दा बढी कर्मचारीले काम गर्छन् ।

सफलताका लागि एलन मस्कका टिप्स

स्कुल अथवा कलेजको पढाइ सकिएपछि पढ्ने समय सकिए भन्ने नसोंच । हरेक दिन केही पढ । पढेर सिकेका कुराहरुलाई आफ्नो काममा, बानीमा, आफ्नो जीवनमा लागु गर । पढ्न अल्छी लागेको खाली समयमा केही लेख, आफ्ना अनुभवहरु लेख, भावनाहरु लेख , योजना र लक्ष्यको बारेमा लेख ।

जुन काम गर्छौ, त्यसमा रमाउन सिक । आफूले गरिरहेको कामलाई माया र सम्मान गर्दैनौ, त्यो काममा रमाउन सक्दैनौ भने तिमीले प्रगति गर्न सक्दैनौ ।

हल्ला भन्दा बढी संकेतलाई विश्वास गर । अर्थात, तिमीले गरिरहेको काम, तिम्रो लक्ष्य असफल हुने सम्भावना देखाउने मानिसहरु, हल्लाहरु देख्नेछौ । तर तिमी आफूले देखेको सम्भावनामा केन्द्रित बन ।

सपना ठूला देखा । ठूला सपना संगै जोखिमहरु पनि आउँछन् । तर ठूला सपना नदेख्ने र जोखिम देखि डराउने व्यक्ति कहिल्यै सफल हुन सक्दैन ।

गुनासो गर्न छोड, समाधानको सिर्जना गर । लाखौँ मानिसहरुले गुनासो गरिरहेको कुरामा यदि तिमीले गुनासो गर्न छोडेर त्यसको समाधान गर्न तर्फ लाग्छौ भने त्यही कुरा तिम्रो लागि अवसर बन्छ ।

कम्पनी विज्ञापनले होइन, त्यसको उत्पादनले गर्दा ठूलो बन्छ । त्यसैले पैसा र समयको लगानी विज्ञापनमा भन्दा बढी आफ्नो उत्पादन र योजनामा लगाऊ ।

आफ्नो कामको बारेमा, उत्पादन तथा सेवाको बारेमा अरुबाट प्रतिक्रिया लिने बानी बसाल । ती प्रतिक्रियाहरुको समिक्षा गर र सुधार गर्नुपर्ने ठाउँ बारे विचार गर । अगाडी बढ्नको लागि यो अत्यन्तै आवश्यक हुन्छ ।

हरेक व्यक्तिले सफल हुनकै लागि कुनै योजना बनाउँछ । तिमी पनि सफल भएरै छोड्छु भन्ने सोंचले योजना बनाऊ। तर आफ्नो योजना असफल भएको खण्डमा के गर्ने ? त्यसको लागि पनि सोंच बनाएर बस, आफ्नो लक्ष्य अनुसारको अर्को विकल्प बनाऊ। यसले गर्दा तिमी डिप्रेसनमा जानबाट जोगिन्छौ र आफ्नो लक्ष्यबाट पनि विमुख हुँदैनौ ।