मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुकुरले सुँघेरै कोरोना पत्ता लगाउँछ अब

कुकुरले सुँघेरै कोरोना पत्ता लगाउँछ अब


कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउने गरेको पाइएको छ। जर्मनीका शोधकर्ताले यस्तो दाबी गरेका हुन्। जर्मनीको हेनोवरस्थित युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिनले जर्मन सेनासँगको सहकार्यमा उक्त शोध गरेको थियो।

एक साताको तालिमपछि स्नाइफर जातका ८ वटा कुकुरले कोरोना संक्रमण भएका र नभएका मानिस छुट्याएको पाइएको छ। यो शोधमा ९४ प्रतिशत सफलता मिलेको शोधकर्ताहरुको दाबी छ।

विमानस्थल, खेल मैदानजस्ता सार्वजनिक ठाउँमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग उपयोगी हुने उनीहरुले बताएका छन्।

बेलायत तथा अन्य केही देशमा पनि स्नाइफर कुकुरको मद्दतबाट कोरोना संक्रमितको पहिचान गर्न सकिनेबारे परीक्षण भइरहेको बताइएको छ।

बीबीसी