मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी सञ्चय कोषमा विद्युतीय माध्यमबाट कर्जाको किस्ता तिर्न सक्ने

कर्मचारी सञ्चय कोषमा विद्युतीय माध्यमबाट कर्जाको किस्ता तिर्न सक्ने


कर्मचारी सञ्चय कोषबाट कर्जा लिने व्यक्तिहरुले विद्युतीय माध्यमबाट कर्जाको किस्ता तिर्न सक्ने भएका छन् । कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच यस्तो सुविधा उपलब्ध गराउने समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरे । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा यस्तो सुविधा दिन लागेको हो ।

बैंकले एनसीएचएलको सहकार्यमा नवीनतम सुविधा ल्याएको हो । व्यवस्थाअन्तर्गत जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेका ऋणीले एनसएिचएलको पोर्टलमा लग इन गरेपपछि गभर्मेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । 

नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई यस नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सक्नेछन् ।