काठमाडौं- नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ। बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ। दुई जिल्ला जोड्ने मुख्य सडक नाका मानखोलामा दुईवटा पुल छन् भने बढैयाताल गाउँपालिकाको जमुनीमा झोलुंगे पुलबाट मानिस आउजाउ गर्छन्। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले…