धनगढी: ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ। फाउन्डेसनले कोरोना परीक्षण गर्ने पिसीआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो। फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक दिउँसो अत्तरिया पुगेको थियो। र, त्यहाँबाट उक्त…