मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा ‘ग्याङ फा’इट’, दुई घा’इते

धनगढीमा ‘ग्याङ फा’इट’, दुई घा’इते


कैलाली- धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका-१३, राजपुरमा शुक्रबार राति दुई युवा समूहबीच खुकुरी प्रहार हुँदा स्थानीय दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

घटनामा गम्भीर घाइते एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता प्रतीक विष्टले जानकारी दिए। एकको भने धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने दुई जना वडा नम्बर २ का रहेको बुझिएको छ। उनीहरु यसअघिको झगडाको रिस साँध्न ८–१० जनाको समूहमा राजपुर गएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।