मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १६६८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

सुदूरपश्चिमका १६६८ जना कोरोना संक्रमित निको भएर घर फर्किए


धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय ६८ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार साँझ एक हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार बिहिवार मात्रै कैलालीका ९ जनालाई घर पठाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ९०, अछामका तीन सय ६२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ।

डोटीका एक सय ५७, कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ४८ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार दुई सय बढिको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ।

मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई÷दुई जना गरी ४८ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार नौँ पुगेको छ।