मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक अभावमा उपचारका लागि छटपटाउँदै अछामकी एक किशोरी, सहयोगको लागि आव्हान

आर्थिक अभावमा उपचारका लागि छटपटाउँदै अछामकी एक किशोरी, सहयोगको लागि आव्हान


अछामकी एक युवती आर्थिक अभावले उपचार संकटमा परेकी छन् । जिल्लाको ढकारी गाउँपालिका ६ मोयकाडा १८ वर्षीया मन्सरा बुढको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको हो ।

कक्षा ११ मा अध्यननरत मन्सरा अहिले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत छन् । मन्सराका बुवाको यस अगाडी नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल पुर्याएका छन् ।

उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने देखिएको छ । मन्सरा करिब १ वर्ष देखि बिरामी भएको र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सबैसँग आर्थिक सहयोगको लागि अपिल गरिएको उनले बताए ।

उनले मन्सरालाई बचाउनको लागि नागरिकस्तरबाट समेत आर्थिक सहयोग गरिदिन अनुरोध गरे । आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देबेन्द्र बुढा र भुपेन्द्रबहादुर बुढा सक्रिय भएका छन् ।

सहयोगको लागि निम्नानुसारको ठेगागाना रहेको छ :- सम्पर्क नम्बर :- ९८६९५५३८०४, ९८६५६४१५१० खाता नम्बर :- ०७९०१०००००२१४०४१ (देबेन्द्र बहादुर बुढा सिटिजन्स बैंक , ढकारी अछाम)