सुदूरपश्चिम प्रदेशमा आजदेखि चिसो बढ्दै जाने भएको छ। पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकोले चिसो बढ्दै जाने भएको हो। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही…