मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाईलाई पराजित गर्दै दाई बने वडाध्यक्ष

भाईलाई पराजित गर्दै दाई बने वडाध्यक्ष


अछाम । साँफेबगर नगरपालिकाको मतगणना जारी छ । केही वडाको मतपरिणाम सार्वजनिक समेत भईसकेको छ । यसै क्रममा वडा नंंं. १२ खप्तडको मत परिणाम समेत सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार १२ नम्बर वडामा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेका क्षेत्रिय सहसचिव जनक बहादुर कडायत वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उक्त वडामा कडायतको पुरै प्यानल बिजयी भएको छ । उनले नेकपा एमालेका उम्मेद्धारलाई ४७ मतान्तरले पराजित गरे । बिजेता कडायतले ३ सय ३५ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी ले २ सय ८८ मत पाए ।

पराजित कडायत उनका आफ्नै भाई हुन् । भाईलाई पराजित गर्दै दाई वडाध्यक्षमा चुनिए । खप्कतडमा कडा टक्करका बिच कठोर चुनौती छिचोल्दै उनी वडा अध्यक्षमा बिजयी भए ।

वडाध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिदैँ कडायतले भने खप्तडको समग्र क्षेत्रको विकास गर्न क्रियाशिल रहने प्रतिवद्धता जनाए । वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, सड्क र पर्यटन क्षेत्रलाई मुख्य विकास गर्ने लक्ष्यका साथ आफु यस क्षेत्रमा प्रबेश गरेको उनको भनाई छ ।

वडाध्यक्षमा निर्वाचित कडायत जिल्लाको बयालपाटा अस्पतालमा बिगत ८ बर्ष देखि कार्यरत थिए । उनले अस्पतालको मासिक ४६ हजार बराबरको जागिर छोडेर वडाध्इक्षमा उम्मेद्धारी दिएका थिए ।