मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका नवनिर्वाचित जनप्रतिनिधीद्धारा सपथ ग्रहण

मेल्लेखका नवनिर्वाचित जनप्रतिनिधीद्धारा सपथ ग्रहण

सुदूर आज

अछाम : जिल्लाको मेल्लेख गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

पालिकाका उपाध्यक्ष नृप बहादुर खड्का सहित सबै नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

पालिका अध्यक्ष ज्वाला सिंह साँउदले आफुले जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपश्चात उनिहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री लगायतको सहभागीता रहेको थियो ।