मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओम शान्तिले नैतिक शिक्षा दिलाएको छ : बह्रमकुमारी जानकी

ओम शान्तिले नैतिक शिक्षा दिलाएको छ : बह्रमकुमारी जानकी


अछाम । ब्रहमा कुमारी ईश्वरीय बिश्वविधालय डोटी शाखा प्रमुख सञ्चालिका ब्रहमा कुमारी जानकीले ओम शान्तिले नैतिक शिक्षाको पाठ पढाउने भएकाले यसमा सबै जोडिनु पर्ने बताईन् ।

अहिले विश्वभर मानसिक रोगि बढ्दै गएको, कुसंस्कार, दुर्वेश्नी, विकृति विसंगति जस्ता कुरालाई निको पार्ने ओम शान्ति एउटा अस्पताल हुन पुगेको उनले बताईन् । ब्रहमा कुमारी ईश्वरीय बिश्वविधालय एवं राजयोग परिक्षण केन्द्र अछाम शाखाको मंगलसैनमा भएको ८ औँ बार्षिक उत्सव समारोहको अवसरमा उनले सो कुरा बताएकी हुन् ।

कार्यक्रमका प्रमुख अथिती मगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अहिले मानिस शान्ति खोजि रहेको बताए । आध्यात्मक हाम्रै आत्म भित्र रहेको भन्दै उनले यसलाई समयमै बुझ्नु पर्ने उनको भनाई थियो ।

अछाममा यो केन्द्र स्थापना हुनु नै अछामि जनता भाग्यमानि भएको भन्दै नगर प्रमुख बोहराले नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने बताए । अहिले नैतिकतामा खडेरी परेको भन्दै उनले युवा युवतिहरुलाई नैतिक शिक्षा सिकाएर संस्कारी बनाउदै समाजलाई अगाडि बढाउन सबै लाग्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रमका विशिष्ट अथिती मंगलसैन नगरपालिकाका निवर्तमान नगर उप प्रमुख सरिता उपाध्यायले अहिलेको समयमा नैतिक शिक्षाको आवश्यता रहेको बताउदै बालबालिकाहरुलाई ओम शान्ति शिक्षा दिनु पर्ने बताईन् । अहिले समाजमा विभिन्न विकृति विसंगति, हत्या हिशा, बालबालिका कुलतमा फस्ने गरेको बताउदै यस्तो शिक्षा दिन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका अछामका सभापति पुष्प बहादुर शाह, नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, नेपाल पत्रकार महासंघ अछामका सचिव पूर्ण बहादुर खड्का, अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बिष्ट लगायतले शुभकामना मन्तव्य राख्दै ओम शान्तीले अछाम जिल्लामा राम्रो काम गरकोमा प्रशंसा गर्दै आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा अहिले सम्म अछाम शाखा निर्माणमा भए गरेका गतिविधी र भवन निर्माण र अन्य सहयोगका लगायतका बारेमा शाखाका टक्कर शाहले जानकारी गराएका थिए नेपालमा हाल १ हजार भन्दा बढि ओम शान्तिका शाखा रहेको समेत बताएका थिए । ८ औँ बार्षिक उत्सवको अवसरमा जग्गा दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न पार्टीका प्रमुख एवं प्रतिनिधिहरु, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । ब्रहमा कुमारी कबिताको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन बाल कृष्ण ढुंगानाले गरेका थिए ।