मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाँउपालिकाका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

चौरपाटी गाँउपालिकाका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

सुदूर आज

अछाम : जिल्लाको चौरपाटी गाँउपालिकाका अध्यक्ष भिम बहादुर साउदले पदभार ग्रहण गरेका छन्। नवनिर्वाचित अध्यक्ष साउदले आज एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन।

अध्यक्ष साउदले यसघि नव निर्वाचित उपाध्यक्ष सर देवी खड्का सहित वडाअध्यक्ष र सदस्य हरुलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत्छ गराएका थिए ।

पालिका अध्यक्ष भिम बहादुर साँउदले आफुले जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपश्चात उनिहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।