कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ। शुक्रबार सय थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो। आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको…