मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो


सुर्खेत- कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ सय नाघेको छ। आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ७ सय ८ पुगेको छ।

प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तीमध्ये दैलेखको गुंगेश्वर गाउँपालिका वडा नम्बर १ मा १, वडा नम्बर २ मा ४, वडा नम्बर ३ मा १, वडा नम्बर ४ मा ११ र वडा नम्बर ५ मा ६ जना छन्। यस्तै, स्थानीय तह स्पष्ट नखुलाइएका (अवलपराजुल)का २ जना छन्।

त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ४ का १, गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा २, वडा नम्बर १४ मा ५ र सिम्ता गाउँपालिका वडा नम्बर ३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा २ जना र शिवालय गाउँपालिका वडा नम्बर १ मा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

कर्णालीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये २९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको नेपाल समयमा खबर छ।