मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलाको विकट अपिहिमाल गाउँपालिका पुगे डाक्टर केसी

दार्चुलाको विकट अपिहिमाल गाउँपालिका पुगे डाक्टर केसी

सुदूर आज

दार्चुला : सुदूर पहाडमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी दार्चुला जिल्लाको सर्वाधिक विकट गाउँपालिकामा पुगेका छन्।

झण्डै तीन महिनादेखि सुदूर पहाडमै स्वास्थ्य सेवा प्रदान गर्दै आएका डाक्टर केसी जिल्लाको अपिहिमाल गाउँपालिकामा पुगेका हुन्।

‘डाक्टर केसी हिडेर गाउँपालिकाको वडा नम्वर ४ मा रहेको खण्डेश्वरी स्वास्थ्य चौकी पुगेका छन्,’ गाउँपालिकाका सूचना तथा सञ्चाल प्रविधि अधिकृत प्रमोदसिंह मन्यालले भने, ‘डाक्टर केसीले दुई दिनसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भन्नुभएको छ।’

डाक्टर केसीले झण्डै दुई महिना डडेल्धुरा अस्पतालमा निशुल्क स्वास्थ्य सेवा दिएका थिए भने त्यसपछि बझाङ र बैतडीमा स्वास्थ्य सेवा दिएका थिए।

विगत केही सातायता भने उनी दार्चुलामा छन्। डाक्टर केसी सीमा क्षेत्रका जनताको समस्या समाधानको माग राख्दै दुई दिन अनसन समेत बसेका थिए।