मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा २ वर्षे बालकसहित थप ४ जना कोरोनामुक्त

कर्णालीमा २ वर्षे बालकसहित थप ४ जना कोरोनामुक्त


सुर्खेत- कर्णालीमा थप चार जनाले कोरोना भाइरसलाई जितेका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका १ जना महिला र दुल्लु नगरपालिकाका २ वर्षीय बालकसहित ३ जनाले कोरोना जितेर घर फर्किएका छन्।

कोरोना जित्नेमा डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षीया महिला, दुल्लु नगरपालिका–११ का २ वर्षीया बालक, उनकी २३ वर्षीया आमा र ३० वर्षे बुवा रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

डुंगेश्वरका २५ वर्षीया महिलाको जिल्ला अस्पताल र दुल्लुका तीन जनाको दुल्लु अस्पतालको आइसोलेसनमा उपचारपछि घर फर्किएका हुन्। उनीहरु जेठ ८ गते भारतबाट गाउँ फर्किएका थिए। योसँगै कर्णालीका ११ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।