मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ६ बेपत्ता, ३१ जनाको उद्धार

कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ६ बेपत्ता, ३१ जनाको उद्धार


सुर्खेत– कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार घटनामा ४ जना गम्भीर घाइते भएका छन्।

कर्णाली करिडोरअन्तर्गत लालीघाटको भीरबाट टिपर नदीमा खसेको थियो। आज बिहान करिब १० बजेर २० मिनेटमा टिपर नदीको खसेको प्रहरीले जनाएको छ।

भारतबाट फर्किएका ३९ जनालाई रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा लिंँदै गर्दा ना ८ ख ५१३३ नम्बरका टिपर दुर्घटनामा परेको थियो।