मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो नाम जोडेर अनावश्यक हल्ला फैलाउन खोजियो : वडा अध्यक्ष खनाल

मेरो नाम जोडेर अनावश्यक हल्ला फैलाउन खोजियो : वडा अध्यक्ष खनाल

सुदूर आज

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन ।

बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका हुन । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले सुदुर आज लाई बताए ।

उनले भने “साझतिर हामी ८/९ जना खाना खाईरहेका थियौ, होटेल साहु सङ्ग सामान्य राजनैतिक कुराकानी हुँदै भनाभन भयो । बिहान बसेर मिलापत्र भयो तर हल्ला अर्कै आयो” ।

बुधबार साँझ होटेलमा खाना खाईरहेका बेला होटल सञ्चालक सँग सामान्य भनाभन भएको थियो । विहिबार विहान दुबै पक्ष विच आपसी समझदारीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।