मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहजरुपमा सेनेटरी प्याड उपलब्ध हुनेछ — उपाध्यक्ष माया कुँवर

सहजरुपमा सेनेटरी प्याड उपलब्ध हुनेछ — उपाध्यक्ष माया कुँवर


अछाम : जिल्लाको चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले महिनावारी हुने उमेर समुहका महिला तथा किशोरीहरुलाई सहजरुपमा सेनेटरी प्याड उपलब्ध गराउन तर्फ आफु लागीपरेको बताइन् ।

उपाध्यक्ष कुँवरले बिषेश गरी किशोरीहरुलाई सेनेटरी प्याड निमार्ण सम्बन्धी तालिममा सहभागि गराएर स्वरोजगार बनाउनमा पालिकाले जोड दिएको बताइन् । उनले बिगतमा पालिकाले बाहिरबाट प्याड खरिद गरेको भन्दै यस पटक भने साँफेबगरमा सञ्चालित दिदि बहिनी जैबिक प्याड उधोगबाट ५ लाख बराबरको खरिद गरेको जानकारी दिइन् ।

उपाध्यक्ष कुँवरले वातावरणलाई पनी ध्यानमा राख्दै पुन प्रयोग गर्न मिल्ने आफ्नै दिदि बहिनीहरुले उत्पाद गरेको प्याड प्रयोगमा ल्याईने बताइन्। सेनेटरी प्याड तथा बातावरण मैत्री झोला निमार्ण व्यवसायीक तालिम समापन कार्यक्रका प्रमुख अतिथि उपाध्यक्ष कुवरले छाउपडि कप्रथा अन्त्यका लागी दिदि बहिनी जैबिक प्याड उधोगले महत्वपुर्ण भुमिका खैल्ने बताइन् ।

सम बिकास नेपाल अध्यक्ष पशुपति कुवरको अध्यक्ष्तामा भएको समापन कार्यक्रममा सम बिकास नेपालका कोषाध्यक्ष रुपा नेपाली, सदस्य कृष्णा खड्का, प्रशिक्षक सरस्वती मानन्धर, मिथ्थी टमट्टा, गीता कुँवर लगायतका सहभगिता रहेको थियो ।

२० जनाको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा स्वागत मन्तव्य सम बिकास नेपालका उपाध्यक्ष सत्य स्वारले राख्नु भएको थियो । सम बिकास नेपालको आयोजना, सुदुरपश्चीम सरकार र चौरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।