मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ सैया अस्पतालको माग गर्दै मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र

२५ सैया अस्पतालको माग गर्दै मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र


अछाम । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का लाई कमलबजार नगरपालिका अछामका मेयर अाेमप्रकश बिस्टले एक ज्ञापन पत्र बुझाएका छन्। कमलबजार प्राथमिक स्वास्थ केन्द्रलाई २५ सैयाको अस्पताल बनाउन माग गर्दै मुख्यमन्त्री भट्ट र मन्त्री खड्कालाई नगर प्रमुख बिष्टले ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गर्न सक्ने सम्पुर्ण पहल गर्ने बचन दिए । सामजिक बिकास मन्त्रीले खड्काले आफुले सहयोग गर्न पछि नहट्ने प्रतिबद्धता जनाएका थिए।

कमबजार नगरपालिकाका मेयर ओमप्रकश बिष्टले प्रदेश सरकारले सहयोग गरे कमलबजार नगरपालिका सहित पन्चदेवल बिनायक नगरपालिका, तुर्माखाद गाउपलिका र ढकारी गाउपालिकाका स्थानिय लाभान्वित हुने बताए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा सान्सद अक्कल बहादुर रावल र अम्बि थापाको पनि उपस्तिथिती रहेको थियो ।