मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी रेग्मीद्धारा बयालपाटा अस्पताललाई औषधी सहयोग

समाजसेवी रेग्मीद्धारा बयालपाटा अस्पताललाई औषधी सहयोग


अछाम । समाजसेवी डम्मर कुमारी शर्मा रेग्मीले बयालपाटा अस्पताललाई औषधी सहयोग गर्नु भएको छ । साँफेबगर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौँ बस्दै आउनु भईशी रेग्मीले अस्पतालका लागि आवश्य पर्ने औषधी सहयोग गरेकी हुन् ।

उनले पठाएको १० हजार बराबरकोे औषधी आज एक कार्यक्रमका बिच बयालपाटा असपताललाई प्रदान गरिएको छ । नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी अर्जुन ताम्रकार, जिल्ला सदस्य मोहन कुवँर र क्षेत्र नं. १ का क्षेत्रिय सभापति एवंम साँफेबगर नगरपालिक वडा नं. ३ का अध्यक्ष कृष्ण बुढाले अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकलाई हस्तान्त्ररण गरे ।

कोरोनाको महामारीबा बेला पनि अस्पतालले जनतालाई निरन्तर सेवा दिएको भन्दै औषधी सहयोग गरेको रेग्मीले बताईन् । यस्तै अप्ठेरो परिस्थतीमा रेग्मी जस्तै सामाजसेवीको खाँचो रहेको महाधिबेशन प्रतिनिधी अर्जुन ताम्रकारले बताए ।

यस्तै जिल्ला सदस्य मोहन कुवँर र क्षेत्रिय सभापति कृष्ण बुढाले सहयोगका लागि रेग्मीलाई धन्यवाद दिदैँ आगामी दिनमा पनि सबैले अस्पताललाई सहयोग गर्नुपर्ने बताए । यस्तै उनिहरुले असपताललको सेवालागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

औषधी सहयोगका लागि अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले सहयोगमा संलग्न सबैलाई धन्यवाद दिए । उक्त सामाग्री समाजसेवी तथा कांग्रेस नेता भक्त ठकुल्लाको समन्वयमा रेग्मीले अस्पताल पठाएकी थिईन् ।