मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ। मंगलबार मन्त्रालयले बिहीबारदेखि उक्त निर्णय लागू हुने जनाएको छ। यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए। अब सम्बन्धित नियामक निकायबाट…