काठमाण्डौ: ‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो क्रममा गृहमन्त्री बालकृष्ण खाँणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको जानकारी दिनुभयो । तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व…